अनुरोध रिजाल
प्रिय,
आउ आज एउटा सम्झौता गरौं।
हामि मान्छे, एक अर्काको परिपुरक
तर, उ माथि हेर त, ति आकाशका चन्द्र, सुर्य झैं
स्वतन्त्र घुम्ने तिम्रो चाहनाको बाधक।
आज म स्वतन्त्र गरिदिंदै छु तिमिलाई
तोडिदेउ यो पिंजडा
फोडिदेउ यो कांडाघर
अनि रमाउ, घुमाउ, फिराउ
र फिंजाउ आफ्नो बिशाल काया
मेरि आफ्नि भैसकेकि तिमिलाई
अरु कसैको आफ्नि बन्न अस्विकार गर्ने
यो दिलको नियम खल्लिबल्लि ढलाएर जाउ
ओ प्रिय, आउ यो मुटु जलाएर जाउ।
सायद बचनको परिबन्धमा परेकि कतै ?
मौलाएका भुमिमा बुर्कुसि मार्ने तिम्रा सोखहरु
अनि टपरिले नढाकिएको मकै झैं
उछिट्टिएको तिम्रो जोश
बैंशालु दुख बिनाको सहवास र मदहोस
यहि तिम्रो निति समाजमा चलाएर जाउ
ओ प्रिय, आउ यो मुटु जलाएर जाउ।
हेर न, आफ्ना आकांक्षा पुरा गर्न
कुनै कसर बाकि नराख्ने म
तिम्रा उज्याला रहरहरुको
सम्मान कसरि नगरुंला र ?
होला नि तिम्रो पनि चाहनाहरु
खोलिझैं बगेर बगरका ढूङ्गा सङ्ग
लडिबुडि खेल्ने
अनि तलाउमा जलचर नचाउने
यसर्थ,
सदा हिमाल झैं अटल सजाएर राख्ने
यो सरकार यो बिधान ढलाएर जाउ
ओ प्रिय, आउ यो मुटु जलाएर जाउ।
रातको चांदनि जस्तै तिमी
सबैले देखुन र महशुस मात्र गरुन,
भन्ने हेतुले
तिम्रा पदचाप सङ्गै समानान्तर हुने
मेरा नजर कवचहरु,
स्पर्श बिनाको कामुक बदनको
बन्धकहरु हटाउ
मलाई नचाउ, झुलाउ, भुलाउ
अनि मध्यरातमा छलाएर जाउ
ओ प्रिय, आउ यो मुटु जलाएर जाउ।।।।
For more please visit the site www.anurodhrijal.com.np